16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

कोहलपुर पिपिरी बजार क्षेत्रमा बल्न थाले सडकबत्ती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ६, २०७९  

बाँके ।

कोहलपुर नगरपालिकाको उज्यालो कोहलपुर अभियान अन्तर्गत पिपिरी बजार क्षेत्रमा सडकबत्ती जडान गरिएको छ । कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत वडा नम्बर ८ पिपिरी बजार क्षेत्रका सडकमा बत्ती जडान गरिएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर– ८ का वडाध्यक्ष लालबहादुर रानाका अनुसार १८ वटा पोलमा सडकबत्ती जडान गरिएको छ । ‘नगरपालिकाको उज्यालो कोहलपुर बनाउने अभियानअनुसार नै सडकबत्ती जडान भएको हो’ वडाध्यक्ष रानाले भने, ‘यसले एकातिर बजार क्षेत्रलाई उज्यालो बनाउने काम गरेको छ । अर्कोतर्फ आकर्षण पनि थपेको छ ।’

कोहलपुर नगरपालिकाले यसअघि पहिलो चरणमा चौराहदेखि गोल्छासम्मका सडकबत्ती मर्मत गरेर सञ्चालनमा ल्याइसकेको छ ।

उज्यालो कोहलपुर अभियान अन्तर्गत दोस्रो चरणमा पिपिरी बजार क्षेत्रमा सडकबत्ती जडान गरिएको नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, कार्तिक ६, २०७९     8:42:40 AM  |