16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

बसले ठक्कर दिँदा प्रहरी हवल्दार जैशीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक ५, २०७९  

कैलाली ।

लम्कीचुहा नगरपालिका- ३ ढुंगेबजारमा हिजो साँझ बसको ठक्करबाट प्रहरी कर्मचारीको मृत्यु भएको छ।

मृत्यु हुनेमा से१ब २१६ नम्बरको मोटरसाइकलका चालक ईलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय नेत्रप्रसाद जैशी रहेका छन्।

उपचारको क्रममा हिजो बेलुकी साढे ८ बजे टीकापुर अस्पतालमा उनको मृत्यु भएको हो। कार्यालयबाट फरार रहेका प्रतिवादीबारे बुझ्नको लागि लम्कीचुहा- ३ बल्चौर गएर फर्किदै गरेका जैशी सवार रहेको मोटरसाइकललाई हिजो साँझ सवा ६ बजे ना६ख ७४५९ नम्बरको बसले ठक्कर दिएको थियो।

बससहित चालकलाई ईलाका प्रहरी कार्यालय लम्की कैलालीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मितिः शनिबार, कार्तिक ५, २०७९     12:56:51 PM  |