बाँसगढीमा रक्तदान कार्यक्रम सम्पन्न



मधुर पौडेल । बाँसगढी ।

बर्दियाको बाँसगढीमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् । नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँसगढी र लायन्स क्लब अफ बर्दिया बाँसगढीको आयोजनामा भएको कार्यक्रममा ७१ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख खड्कबहादुर खड्काले रक्तदान कार्यक्रम मानव कल्याणसँग जोडिएको बताए । रक्तदान कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरताको आह्वान गर्दै सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

‘प्रत्येक व्यक्तिले रक्तदान गर्नुपर्ने सामाजिक दायित्व हो,’ उनले भने, ‘बिरामीको निःशुल्क रगत पाउनुपर्ने अधिकारसमेत हुन्छ ।’ नेपाल स्वयम्सेवी रक्तदाता समाजको महाअभियानले निरन्तरता पाउने भन्दै अझै धेरै संघसंस्थासँग हातेमालो गर्ने नेपाल स्वयम्सेवी रक्तदाता समाज बर्दियाका उपाध्यक्ष सन्तोष बास्तोलाले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक ५ गते शनिबार