16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २, २०७९  

बाँके ।

नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मितिः बुधबार, कार्तिक २, २०७९     10:48:56 AM  |