16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

बर्दियामा दुई फरार प्रतिवादी पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २, २०७९  

बाँके ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतले कैद फैसला गरे पनि फरार रहेका दुईजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हिक्मतबहादुर बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा जबरजस्ती करणी उद्योग मुद्दा र कर्तव्य ज्यान मुद्दामा कैद सजाय तोकिएका व्यक्तिहरु छन् । जबरजस्ती करणी उद्योग मुद्दाका पक्राउ पर्नेमा मधुवन नगरपालिका–३ का भिख्खु थारु रहेको डिएसपी बोहराले जानकारी दिए । उनलाई बर्दिया जिल्ला अदालतले २०७३ वैशाख ५ गते जबरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ११ महिना ४ दिन कैद सजाय तोकेको थियो ।

लामो समयदेखि लुकिछिपी बसिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय ढोढरी र प्रहरी चौकी धनौराबाट खटिएको संयुक्त टोलीले थारुलाई पक्राउ गरेको हो । यस्तै कर्तव्य ज्यान मुद्दामा कैद र जरिवाना तोकिएका व्यक्तिसमेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा गेरुवा गाउँपालिका–६ का अरुण चौधरी रहेको बर्दिया प्रहरीका प्रवक्ता डिएसपी बोहराले जानकारी दिए ।

पक्राउ परेका चौधरीलाई कर्तव्य ज्यान मुद्दामा बर्दिया जिल्ला अदालतले २०७७ भदौ ३० गते कर्तव्य ज्यान मुद्दामा १ वर्ष ५ महिना ४ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । सोहीबेलादेखि नै उनी फरार रहेका थिए ।

उनीलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलीले घरबाटै नियन्त्रणमा लिएको डिएसपी बोहराले बताए । पक्राउ परेका दुवैजनालाई बर्दिया जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि बर्दिया जिल्ला कारागारमा पठाइएको बर्दिया प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक २, २०७९     5:42:18 PM  |