बाँके ।
नदीमा बगेर आएको दुईजना पुरुषको शव फेला परेको छ । बबईमा एक र कर्णाली नदीमा एकजना पुरुषको शव फेला परेको हो ।
ठाकुरबाबा नगरपालिका–१ बबई नदीमा अन्दाजी ६० वर्षका पुरुषको शव तारजालीमा अडकिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
शवको सनाखत हुन नसकेको बर्दिया प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हिक्मतबहादुर बोहराले जानकारी दिए । यस्तै कर्णाली नदीस्थित गेरुवा गाउँपालिका–१ इन्टेकमा एक अन्दाजी ६५ वर्षका पुरुषको शव फेला परेको छ ।
काम गर्न गएका राजापुर नगरपालिका–१ सोनपुरका डिल्लीराज शर्माको खसेर बेपत्ता भएका थिए । उनको शव कर्णाली नदीस्थित गेरुवा गाउँपालिका–१ इन्टेकमा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रकाशित मिति : २०७९ कात्तिक २ गते बुधबार
प्रतिक्रिया दिनुहोस्