‘समयावधि सकिएपछि ६ गुणाले हुन आउने ३३ हजार रूपैयाँ बैंकले उपलब्ध गराउनेछ,’ उनले भने, ‘बैंकले एक खाता बराबर एक खुत्रुकेसमेत खातावालालाई दिन्छ । छोरीहरुले थोरै पैसा भएमा घरमै खुत्रुकेमा समेत जम्मा गर्नसक्छन् ।’ नगरभित्रका छोरीहरुको आर्थिक, सामाजिक सुरक्षाका लागि एक छोरी एक बैंक खाता अभियान कार्यक्रम ल्याएका हौं । अहिले कार्यविधि बन्नुका साथै बैंकसँगसमेत सम्झौता भएर कार्यान्वयनको चरणमा छः नगर प्रमुख मुख खड्कबहादुर खड्का
बाँके ।
बर्दियाको बाँसगढी नगरपालिकाले एक छोरी एक बैंक खाता अभियान सञ्चालन गर्ने भएको छ । छोरीहरुको आर्थिक, सामाजिक सुरक्षाका लागि एक छोरी एक बैंक खाता अभियान कार्यक्रम नगरपालिकाले अगाडि सारेको हो । कार्यक्रम सञ्चालनका लागि बाँसगढी नगरपालिका र कुमारी बैंक बाँसगढी शाखाबीच सम्झौतासमेत भइसकेको नगर प्रमुख खड्कबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार एक छोरी एक बैंक खाता कार्यक्रम कार्यान्वयनको चरण गइसकेको छ । ‘नगरभित्रका छोरीहरुको आर्थिक, सामाजिक सुरक्षाका लागि एक छोरी एक बैंक खाता अभियान कार्यक्रम ल्याएका हौं,’ नगर प्रमुख खड्काले भने, ‘अहिले कार्यविधि बन्नुका साथै बैंकसँगसमेत सम्झौता भएर कार्यान्वयनको चरणमा छ ।’
समाजमा छोरा र छोरीबीचको विभेदसमेत अन्त्य गर्न केही भए पनि कार्यक्रमले सहयोग गर्ने नगर प्रमुख खड्का बताउँछन् । ‘अझै पनि छोरी जन्मिँदा विभेद गर्ने गरिन्छ । यो कार्यक्रमले केही भए पनि कम गराउँला । केही भए पनि शिक्षा तथा कुनै सीप सिक्न चाहेमा सहयोगसमेत पुग्छ,’ उनले अगाडि थपे । कार्यक्रमअन्तर्गत कुमारी बैंकसँग चालु आर्थिक वर्षको साउनयता जन्मिएका छोरीहरुको शून्य मौज्दातामा खाता खोलिदिनुपर्ने सम्झौता भइसकेको छ ।
उक्त खाता खुलेपछि छोरीको खातामा नगरपालिकाले पाँच हजार र कुमारी बैंकले पाँच सय रुपैयाँ जम्मा गर्ने छन् । १५ वर्ष ८ महिना ५ दिनको मुद्दति खातामा रकम राखिने कुमारी बैंक बाँसगढी शाखाका प्रबन्धक श्रीधर अधिकारीले जानकारी दिए । ‘समयावधि सकिएपछि ६ गुणाले हुन आउने ३३ हजार रूपैयाँ बैंकले उपलब्ध गराउनेछ,’ उनले भने, ‘बैंकले एक खाता बराबर एक खुत्रुकेसमेत खातावालालाई दिन्छ । छोरीहरुले थोरै पैसा भएमा घरमै खुत्रुकेमा समेत जम्मा गर्नसक्छन् ।’
एक छोरी एक बैंक खाता अभियान कार्यक्रमका लागि चालू आर्थिक वर्षमा नगरपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको नगर उपप्रमुख ईन्दिरा चौधरी बताइन् । ‘कार्यक्रमका लागि चालू आर्थिक वर्षमा २० लाख रूपैयाँ छुट्याएका छौं,’ उनले भने, ‘कार्यक्रम सञ्चालनको लागि बैंकसँग समेत सम्झौता भइसकेको छ ।’ नगर कार्यपालिकाको एक छोरी एक बैंक खाता सञ्चालन कार्यविधिबमोजिम कार्यक्रम सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलले जानकारी दिए ।
१६ वर्ष भएपछि खातामा रहेको ब्याजसहितको रकम छोरीहरुले आफैँ निकाल्न सक्ने उनले बताए । ‘छोरी जन्मिएछि अभिभावकले खाता सञ्चालनको लागि निवेदन दिनुपर्छ,’ उनले भने, ‘खाता खोलिसकेपछि नगरपालिकाले पाँच हजार र बैंकले पाँच सय रुपैयाँ जम्मा गरिदिन्छ । १६ वर्षपछि मात्र त्यो रकम निकाल्न पाईन्छ ।’









प्रतिक्रिया दिनुहोस्