21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

जुम्लामा ग्याँस र पेट्रोल अभाव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २, २०७९  

सुर्खेत ।

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्याँस र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ । बजारमा अहिले ग्याँस र पेट्रोलियम पदार्थ पर्याप्त मात्रामा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको हो ।

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । बजार अनुगमनका क्रममा जिल्ला सदरमुकाममा पेट्रोलियम पदार्थको अभाव भएको पाइएको हो ।

महिनौँ दिनसम्म कर्णाली राजमार्ग नखुल्ने हल्ला चलेका हुनाले बजारमा कालोबजारी भएको जनगुनासो आएपछि चन्दननाथ नगरपालिका जुम्लाका उपप्रमुख रामदेवी खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रिजालको अगुवाइमा बजार अनुगमन गरिएको
थियो ।

अनुमगनका क्रममा झण्डै दुई महिना पुग्ने खाद्यान्न र खाने तेल बजारमा मौज्दात रहेको सहायक प्रजिअ रिजालले बताइन् । दशवटा पसलको अनुगमन गर्दा पेट्रोलियम पदार्थबाहेक दैनिक उपभोग्य वस्तुमा समस्या नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक २, २०७९     10:00:50 AM  |