16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

बालिका दिवसको अवसरमा कोहलपुरमा सडक नाटक प्रदर्शन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २, २०७९  

कोहलपुर ।

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा कोहलपुरमा सडक नाटक प्रदर्शन गरिएको छ । जनज्योति बाल क्लबको आयोजनामा मंगलबार जनचेतामूलक सडक नाटक प्रदर्शन गरिएको हो ।

जनज्योति माध्यमिक विद्यालय चप्परगौडीको सहकार्यमा अध्ययनरत विद्यार्थीहरुले ‘बाल विवाह उन्मूलन गरौँ’ भन्ने शीर्षकको नाटक प्रदर्शन गरेका थिए ।

बाल विवाह कानुनीरुपमा बर्जित रहेको र बाल विवाह गर्नेलाई कानुनी कारबाही हुने नाटकको मूल सन्देश थियो ।

नगर युवा सञ्जालका अध्यक्ष रमेश वरका अनुसार बालिका दिवसको अवसर पारेर बालविवाह बालिकाहरुका लागि झन कष्टकर हुने सन्देश बोकेको नाटक प्रदर्शन गरिएको हो । उनले समाजमा रहेका कुरीति, कुसंस्कृतिको निर्मूल गर्न विद्यार्थी तथा युवाहरुको भूमिका महŒवपूर्ण हुने बताए ।

आफूहरु पनि लामो समयदेखि विशेष गरी बालबालिकाहरुको अधिकारका लागि संघर्ष गर्दै आइरहेको भन्दै समाजमा रहेको समस्या समाधानका लागि सम्पूर्ण सरोकारवालाहरु एकजुट हुन आवश्यक रहेको उनले जनाए ।

सडक नाटक प्रदर्शनमा विद्यार्थी, शिक्षक तथा सार्वसाधारणहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, कार्तिक २, २०७९     9:57:55 AM  |