16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

कोहलपुरमा एकल कविता वाचन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज ३१, २०७९  

कोहलपुर ।

कोहलपुरमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । थारु लेखक संघ नेपालको आयोजनामा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको समन्वय रहेको कविता वाचनमा कवि सुशील चौधरीले कविता वाचन गरे । कविता वाचनमा कोहलपुर क्षेत्रका साहित्यप्रति रुची राख्नेहरुको सहभागिता रहेको थियो ।

‘हामीले कोहलपुरमा नियमित साहित्यिक गतिविधि गरिरहेका छौँ । विभिन्न विधाका कार्यक्रम हुँदै आएका छन् । यो पनि त्यसकै निरन्तरता हो । आगामी दिनमा समेत हामीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं,’ हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेका अध्यक्ष कपील अञ्जानले भने ।

प्रकाशित मितिः सोमवार, अशोज ३१, २०७९     8:11:16 AM  |