सुध्रिँदै मनसुनी वायुको प्रभाव



बाँके ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर भएकोले देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने भएको छ । मनसुनी वायुको प्रभाव कमजोर हुँदा शनिबार कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको थियो ।

शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेपनि बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेकोले मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको थियो । आज भोलि आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि सोमबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । केही दिन देशको पहाडी क्षेत्रको सडक तथा हवाई यातायातमा मौसमको सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको समेत गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ३० गते आइतबार