19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

कोहलपुरबाट २ लाख ३१ हजार रुपैयाँसहित १२ जुवाडे पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २७, २०७९  

बाँके ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले जुवा खालमा छापा मारेर नगदसहित १२ जुवाडेलाई पक्राउ गरेको छ ।

कोहलपुरमा रहेको एक होटलको कोठामा भइरहेको जुवा खालमा छापा मारेर प्रहरीले बिहीबार बिहान करिब २ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका जुवाडेहरुको साथबाट २ लाख ३१ हजार रुपैयाँ नगद समेत बरामद भएको कोहलपुर प्रहरी स्रोतले जनाएको छ ।

यसबारे केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिइने कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, अशोज २७, २०७९     11:01:00 AM  |