कोहलपुर ।
आज कोहलपुरमा ‘सानासाना सपना’ नामक नाटक खुल्ला प्रदर्शन हुँदैछ । शिल्पी थिएटरको मुख्य आयोजनामा यहाँ पहिलोपटक ‘सानासाना सपना’ नामक नाटक खुल्ला प्रदर्शन हुन लागेको हो । स्थानीय आयोजक दियालो परिवार बाँके रहेको उक्त नाटक प्रदर्शन भने निःशुल्क हेर्न पाइनेछ ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेका अध्यक्ष कपील अञ्जानका अनुसार जनज्योति माध्यमिक विद्यालय बगियामा प्रदर्शनमा हुनेछ । उनले नाटक साँझ ५ः०० देखि ५ः५५ बजेसम्म प्रदर्शन हुने जानकारी दिए ।
नाटक प्रदर्शनका लागि कोहलपुर नगरपालिका, बाँके हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले समन्वय गरेका छन् । ‘नाटक प्रदर्शन ५५ मिनेटको हुनेछ । तोकिएकै समयमै सुरु हुनेछ । नाटक निःशुल्क हेर्न सकिनेछ,’ अध्यक्ष अञ्जानले भने ।
‘सानासाना सपना’ नाटकको परिकल्पना र निर्देशन घिमिरे युवराजले गरेका छन् । निर्देशन सहयोगीको रुपमा पवित्रा खड्का रहेकी छन् । नाटकमा रंगमञ्चका कलाकारहरुको अभिनय छ ।
स्थानीय आयोजक संस्थाकी भावना पाठकले सम्पूर्णलाई निःशुल्क नाटक हेर्न आउन आग्रह गरेकी छन् । ‘लाइभ नाटक हेर्न मन पराउनु हुनेहरुका लागि यो अवसर हो । बाँकेको कोहलपुरमा प्रदर्शन हुने खुल्ला नाटक हेरौं । नाटक विकासमा भूमिका खेलौँ,’ उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस्