16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

जब पेटभित्र ५.५ इन्च लामो स्टिलको गिलास पाइयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज २६, २०७९  

एजेन्सी ।

हालै भारतमा एउटा घटना सार्वजनिक भएको छ। एक युवक पेट दुखेको समस्या लिएर डाक्टरलाई भेट्न गएका थिए। डाक्टरले उनको स्वास्थ्य परीक्षण गर्दा पेटमा एउटा स्टीलको गिलास फसेको भेटे।

रिपोर्टका अनुसार यो घटना भारतको बिहारस्थित बेतियाको हो। २२ वर्षका एक युवकलाई केही दिन अघि असाध्यै पेट दुख्यो र मलद्वारबाट रगत बग्न थाल्यो। घटनाको गम्भीरता हेर्दै उनलाई तुरुन्त पटना मेडिकल कलेज अस्पताल लगियो। परीक्षण गर्दा उनको पेटमा १४ सेन्टिमिटर लामो गिलास फसेको डाक्टरलाई थाहा भयो। त्यो शरीर भित्र फसेको थियो त्यसैले उनको मलद्वारबाट रगत बग्न थालेको थियो।

शल्यक्रियालाई नेतृत्व गर्ने डा. चन्द्र शेखर कुमारले दिएको जानकारी अनुसार यो शल्यक्रियालाई ११ डाक्टरको समूहले गरेको र सफलतापूर्वक स्टिलको गिलासलाई शरीर बाहिर निकालियो। यी युवकको शरीरबाट गिलास निकाल्नका लागि कोलोस्टमी गरियो। यो एउटा यस्तो शल्यक्रिया हो जसमा आन्द्रामा एउटा प्वाल पारिन्छ र एउटा ब्याग फिट गरिन्छ। यसो गरे घाउ छिटो निको हुन्छ।

भारतीय सञ्चार माध्यमका अनुसार उनलाई केही दिन पछि डिस्चार्ज गरिनेछ र जनवरीमा उनको कोलोस्टोमीलाई निकालिनेछ। डाक्टरले दाबी गरे अनुसार ती युवक नशामा भएका बेला उनको शरीरभित्र यो स्टिलको गिलास पसेको हुनुपर्छ। उनलाई घटना कसरी भयो केही थाहा छैन।

प्रकाशित मितिः बुधबार, अशोज २६, २०७९     7:31:40 PM  |