17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

डाक्टर सुस्मिता आफ्नै डेरामा मृत फेला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज २६, २०७९  

काठमाडौं ।

बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर मृत फेला पर्नुभएको छ । जनकपुर घर भएर ललितपुरको इमाडोल घर भएकी डा.सुस्मिता पाठक आफ्नै डेरामा मृत भेटिनुभएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

ललितपुर परिसरका डीएसपी मनोजकुमार लामाका अनुसार डा.सुस्मिताको डेराको ढोका बुधबार दिउँसोसम्म पनि नखुलेपछि प्रहरी बोलाइएको थियो ।

प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट गएको प्रहरी टोलीले दिउँसो २ बजे जनप्रतिनिधि र आफन्तको रोहबरमा ढोका खोलिएको थियो । ढोका खोल्दा उहाँ भुइँमा लडेको र मृत अवस्थामा फेला पर्नुभएको थियो ।

अनुसन्धान भइरहेको डीएसपी लामाले बताउनुभयो । डा.सुस्मिलाको मोबाइलमा फेला पारेको भिडियोमा बोहोस हुने औषधि अत्यधिक स्प्रे गरेको देखिएको छ ।सुसाइट नोटसमेत फेला पारेकोले आत्महत्याको शंका गरिएको छ ।

प्रकाशित मितिः बुधबार, अशोज २६, २०७९     7:06:34 PM  |