लागुऔषध ब्राउनसुगरसहित बाँकेका चारजना युवा पक्राउ



बर्दिया ।

बर्दिया प्रहरीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहाबाट उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको भे ८ प ३८०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चार ग्राम सात सय मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा बाँकेको खजुरा गाउँपालिका–४ बस्ने सिमोन विक र ललित भुजेल पक्राउ परेका थिए ।

सोधपुछ गर्दा उनीहरूले खजुरा गाउँपालिका–१ बस्ने भानु सिग्देल र नेपालगन्ज उपमहानगरपालिका–४ बस्ने राजेश विकका लागि लागूऔषध ओसारपसार गरेको पत्ता लागेपछि चारैजना पक्राउ परेका हुन् ।

पक्राउ परेका चारैजनालाई बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहोराले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज २६ गते बुधबार