काठमाडौं ।
बर्दिया क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार सञ्जय गौतम नै कायम भएका छन् । गठबन्धनबाट कांग्रेसले पाएको सो क्षेत्रमा जिल्ला सभापति अरुण प्रकाश सिंह राठौर र निवर्तमान सांसद सञ्जय गौतमको दोहोरो उम्मेदवारी परेको थियो ।
राठौर संस्थापन पक्षका हुन् भने गौतम शेखर गगन पक्षका हुन् । उनी २०७४ सालमा तत्कालीन नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई पराजित भएर चर्चामा आएका थिए ।
गौतमको उम्मेदवारी नै आधिकारिक रहेको पत्र केन्द्रीय कार्यालयमा जिल्ला निर्वाचन कार्यालयमा पुगेको सहायक निर्वाचन अधिकृत निलकण्ठ बरालले नेपाल प्रेसलाई जानकारी दिए । राठौरको उम्मेदवारी खारेज भएको उनले बताए ।
प्रकाशित मिति : २०७९ असोज २५ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्