माओवादीले बाँके–१ बाट मन्त्री अथकलाई उम्मेदवार बनायो



कोहलपुर ।

बाँके क्षेत्र नम्बर १ को लागि नेकपा (माओवादी केन्द्र)ले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ उम्मेदवार बनाएको छ ।

सात जनाको नाम सिफारिस भएपनि मन्त्री अथकलाई माओवादीले संघको उम्मेदवार बनाएको हो । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा समेत यही क्षेत्रबाट चुनाव लडेका उनी तेस्रो भएका थिए ।

२०७४ को निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेका उनी नेपाली कांग्रेसका उम्मेदवारलाई थोरै मत अन्तरले हराउँदै विजयी भएका थिए । सत्ता गठबन्धनबाट माओवादीको भागमा परेर प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (क) र ३ (क) मा अझै उम्मेदवार टुंगो लागेको छैन ।

१ (क) बाट निवर्तमान प्रदेश सांसद कृष्णा केसी (नमूना) र ३ (क) बाट इन्द्रप्रसाद खरेल (आइपी) नै उम्मेदवार बन्ने माओवादी स्रोतले जनाएको छ । दुबै जनाले उठ्न नमाने मात्र अन्य नेताले टिकट पाउनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज २३ गते आइतबार