बाँके ।
आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि नेपाली कांग्रेसले बाँकेमा आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ ।
सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सुदिपनरसिंह राणाले टिकट पाएका छन् ।
प्रदेशसभा क्षेत्र नम्बर २ (क) मा राजकुमार बर्मा र २ (ख) मा सुरेन्द्र हमाललाई टिकट दिइएको छ । यस्तै प्रदेश सभा १ (ख) मा फुलाराम थारु र ३ (ख) मा बादसाह कुर्मीले टिकट पाएका छन् ।
क्षेत्र नम्बर ३ मा यसअघि नै संघमा सहमहामन्त्री किशोरसिंह राठोरले टिकट पाइसकेका छन् ।
प्रकाशित मिति : २०७९ असोज २३ गते आइतबार
प्रतिक्रिया दिनुहोस्