17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

सुदुरपश्चिममा यस्तो छ सत्ता गठबन्धनको भागबण्डा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २२, २०७९  

कैलाली ।

सुदूरपश्चिमका १६ प्रतिनिधि सभा सिटबाट सत्ता गठबन्धनका नेपाली कांग्रेसले ९, माओवादीले ४ र एकीकृत समाजवादीले ३ सिट पाउने गरी बाँडफाँड गरेका छन्।

कांग्रेसले कैलालीको निर्वाचन क्षेत्र नम्बर १, ४ र ५, कञ्चनपुरका २ र ३, अछाम २, बाजुरा, दार्चुला र डडेल्धुरा पाएको छ।

माओवादी केन्द्रको भागमा कैलाली २ र ३, कञ्चनपुर १ र बैतडी पेरेका छन्। एकीकृत समाजवादीले भने डोटी, अछाम र बझाङमा उम्मेद्वार उठाउने सहमती भएको छ।

प्रकाशित मितिः शनिबार, अशोज २२, २०७९     10:17:31 AM  |