बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु



कञ्चनपुर ।

कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार साँझ बससित मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

महेन्द्रनगरस्थित बसपार्कबाट राजमार्गमा निस्किरहेको सु प्र प्र ०२–००१ ख ११६१ नम्बरको बसलाई ठक्कर दिँदा भीमदत्त नगरपालिका–८ का २० वर्षीय सुनिल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए।

प्रहरीका अनुसार मृतक राना महेन्द्रनगरबाट गड्डाचौकीतर्फ म१प ६२७२ नम्बरको मोटरसाइकल चलाएर जाँदै थिए।

बसलाई ठक्कर दिएर टाउकोमा चोट लागेका रानाको उपचार क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बस र चालक शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका रघुनाथ अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान थालेको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रबार