बर्दियाको बनगाईमा भ्यानको ठक्करबाट युवतीको मृत्यु



बर्दिया ।

भ्यानको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ९ बनगाईस्थित सडकमा भे१ज १२४१ नम्बरको भ्यानले ठक्कर दिंदा गुलरिया नगरपालिका वडा नम्बर ४ बालापुरकी २५ वर्षीया मिरा चौधरीको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएर नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ठक्कर दिने भ्यान र चालकलाई नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी बर्दियाले जानकारी दिएको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज १८ गते मंगलबार