बाँके ।
कोहलपुर नगरपालिका मेयर पूर्णप्रसाद आचार्यले कमपोष्ट (गड्यौला) मल उद्घाटन गरेका छन् । चौराहास्थित श्री राम जानकी गौशालामा बनेको कमपोष्ट गड्यौला मल उत्पादन गर्ने ट्रस भवनको मेयर उनले आइतबार उद्घाटन गरेका हुन् ।
यस क्षेत्रका बुद्धिजिवी, समाजसेवी, व्यापारी, किसान सबैको दानबाट गौशाला सञ्चालन हुँदै आएको छ । अहिले पनि त्यही अवस्थामा रहेको गौशालाका अध्यक्ष भोलानाथ आचार्यले जानकारी दिए । ‘सधै दानबाट मात्र होइन । अब आफ्नो खुट्टामा आफै उभिन सक्ने गरेर गड्यौलाको कमपोष्ट मल उत्पादन गर्नेछौं’ अध्यक्ष आचार्यले भने ।
लुम्बिनी प्रदेश सरकारले आयमुलक कार्यक्रम गर्न ट्रसवाला भवन निमार्णको लागि १० लाख र ६ लाख ६५ हजार गौशालाले लगानी गरेर ट्रस भवन निमार्ण गरिएको उनले बताए । अहिले गौशालामा साना ठूला गरेर जम्मा ६० गाईहरु रहेका छन् ।
कोहलपुरका मेयर आचार्यले कमपोष्ट गड्यौला मलको उत्पादन सफलताको शुभकामना दिएका थिए । ‘सम्पूर्णलाई गाईबाट उत्पादन हुने मलमुत्रको उपयोगबारे जानकारी दिए यो सामुदायक वनको केही भागलाई गौशालाको लागि प्रयोग ल्याउन सकिनेछ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्