नेपालगन्जमा दसैमा मापदण्डपिवरीत मासु बिक्री



नेपालगन्ज ।

नेपालगन्जमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान र मापदण्डविपरीत मासु बेचिरहेको फेला परेको छ ।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरीनरी कार्यालय, नेपालगन्ज उपमहानगरपालिका एवम् उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि तथा पत्रकारहरुसहितको टोलीले गरेको अनुगमनमा बजारमा अखाद्य वस्तु भेटिनुका साथै अवैधरुपले व्यापार समेत गरिरहेको फेला परेको हो ।

त्यस्ता वस्तु बेच्ने तथा कानुनविपरीत तरिकाले व्यापार गर्नेहरुलाई तत्काल कारबाही गरिनुका साथै आगामी दिनमा गल्ती नदोहो¥याउन निर्देशन पनि दिइएको छ । अनुगमन टोलीले अनुगमन गर्ने क्रममा सबैभन्दा बढी म्याद गुज्रेका वस्तुहरु बेचिरहेको फेला परेको छ ।

मार्टहरुमै म्याद नाघेका र अनुमति नलिएका वस्तुहरु बेचिरहेको फेला परेको छ भने म्याद नाघेका वस्तुहरु राख्न ‘एक्पायर जोन’को व्यवस्था नगरिएको पाइएको छ । नेपालगन्जस्थित राही मार्टमा आठ सय ८० रुपैयाँ बराबरको उपभोग्य मिति समाप्त भएका चाउचाउ बरामद गरिएको छ । यसैगरी मासु पसलहरु मापदण्डअनुसार सञ्चालन नगरिएको र मासु ढुवानीको मापदण्डविपरीत प्याकिङ गर्ने गरिएको फेला परेको छ ।

बजार अनुगमन टोलीले नेपालगन्ज वडा नम्बर २ धम्बोझी नजिकैको ब्राइट किराना पसल पसलबाट चार हजार ६ सय १२ रुपैयाँ बराबरका म्याद गुज्रेका अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ भने उपभोक्ता संरक्षण ऐनअनुसार तत्काल ५० हजार रुपैयाँ जरिवाना पनि गरेको छ ।

 

 

  • No tags available
प्रकाशित मिति : २०७९ असोज १७ गते सोमबार