17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

डेंगु रोगसम्बन्धी सचेतनामूलक तथा सरसफाइसम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज १६, २०७९  

गणेश रावत । कोहलपुर (बाँके) ।

कोहलपुरमा डेंगु रोगसम्बन्धी सचेतनामूलक तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । समाज सेवा संस्था नेपालको आयोजनामा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपालीहरुको महान् चाड बडादसैं, शुभ दीपावली, मोहम्मद–डे, तथा छठ पर्व २०७९ को शुभकामना आदानप्रदानसँगै उक्त सचेतनामूलक कार्यक्रम गरिएको समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले जनाए ।

कोहलपुर–१४ स्थित राम माध्यमिक विद्यालय, प्रतीक्षालय, प्रहरी बिट र बजार परिसरमा परिक्रमा गरिएको थियो । बजार परिक्रमापछि सरसफाइ गरिएको छ । ‘यतिबेला डेंगुको संक्रमण पनि फैलिएको छ । स्वास्थ्यमा ख्याल पु¥याउन जरुरी छ,’ अध्यक्ष थापाले भने, ‘दसैंका बेला सबै गाउँमै हुनेबेला सचेतनामूलक कार्यक्रम गरेका हौं ।’ सरसफाइ र डेंगुबाट बच्ने उपायबारे जनचेतना गरिएको उनको भनाइ छ ।

ओशोको शुभकामना आदानप्रदान

विजया दशमी, दिपावली, छठ पर्वको अवसरमा ओशो कोहलपुर समूहले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

हर्ष, उमंग र खुसियालीका साथ चाडपर्व मनाउन शुभकामना आदान प्रदान गरेको ओशो समूहका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । नेपालीहरुको महान् चाडपर्व दसैंले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्ने उनले बताए ।

प्रकाशित मितिः आइतवार, अशोज १६, २०७९     10:24:27 AM  |