बाँके ।
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेखबहादुर खत्री (एलबी) लाई मनोनयन गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयानुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ को उपदफा (२) को खण्ड (ट) बमोजिम उनलाई राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा मनोनयन गरिएको हो ।
कोहलपुर नगरपालिका वडा नम्बर १० का खत्री लामो समयदेखि खेल क्षेत्रमा क्रियाशिल छन् । राष्ट्रको खेलकुदका लागि चुनौतीपूर्ण जिम्मेवारीलाई अवसरका रुपमा लिएको नवनियुक्त राष्ट्रिय खेलकुद परिषद्का सदस्य खत्रीले जनाए ।
यो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने उनको भनाइ छ । राष्ट्रिय खेलकुद परिषद्मा बाँकेको प्रतिनिधित्व हुँदा यहाँका स्थानीय खुसी भएका छन् ।
प्रकाशित मिति : २०७९ असोज १६ गते आइतबार
प्रतिक्रिया दिनुहोस्