नेपालगन्जका सार्वजनिक शौचालयमा पसलका सामान



नेपालगन्ज ।

नेपालगन्जस्थित नापी कार्यालय छेउमा रहेको नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक शौचालय दुरुपयोग हुँदै आएको पाइएको छ ।

उपमहानगरपालिकाले निर्माण गरेको अपांग र अशक्तमैत्री सार्वजनिक शौचालयको रेखदेख गर्ने जिम्मेवारी पाएका रहिम अन्सारीले शौचालयभित्र आफ्नो पसलका सामान राखेको पाइएको छ । साथै उक्त शौचालयको परिसरमा आफ्नो मासु पसलका बाख्रा लुकाउन पनि दुरुपयोग गरिरहेको पाइएको हो ।

शुक्रबार उक्त शौचालयभित्र कुर्सी र टेबलहरु राखिएको पाइएको थियो भने अपांगमैत्री शौचालयमा ताल्चा लगाइएको पाइएको थियो । साथै शौचालयको सरसफाइ पनि नगरिएको पाइएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाभित्रका शौचालयहरु अव्यवस्थित रहेको अवस्थामा उक्त शौचालय पनि सञ्चालनको जिम्मा पाएका व्यक्तिले नै दुरुपयोग गर्दै आएका पाइएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज १६ गते आइतबार