गणेश रावत । कोहलपुर ‐बाँके) ।
कोहलपुरमा शुक्रबार थप दुईजनामा डेंगु संक्रमित फेला परेका छन् । बसपार्कमा सञ्चालित यात्रु सहायता कक्षमा पाँचजनाको ल्याब परीक्षण गर्दा दुईजना डेंंगु संक्रमित फेला परेका हुन् ।
भारतबाट दसैं मनाउन घर फर्किएका जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ६ का एक पुरुष र कैलालीका ९ वर्षीय बालकलाई डेंगु संक्रमण देखिएको कोहलपुर नगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखाका दिपक शर्माले बताए । संक्रमित दुवैजनालाई चिकित्सकको परामर्शपछि घर पठाइएको छ । उनले भने, ‘सम्र्पक नम्बर राखेर फोन गरी बेलाबेला जनकारी लिरहेका छौँ ।’
प्रत्येक दिन बिहान १० बजदेखि साँझ ५ बजेसम्म यात्रुहरुको स्वास्थ्य चेकजाँच गर्दै आएको उनले जनाए । दसैंतिहार, छठलगायत चाडपर्वमा रोजगारीका लागि भारतलगायतका अन्य क्षेत्रमा गएकाहरु घरमा फर्किँदा सहजै गन्तव्यमा पुग्न र डेंगु फैलन नदिन उक्त यात्रु सहायता कक्षा सञ्चालन गरिएको हो ।
मेयु विष्ट पनि संक्रमित
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु पुष्टि भएपछि बिष्ट अस्पताल भर्ना भएका छन् । बुधबार साँझदेखि उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि विष्टले बिहीबार स्वास्थ्य जाँच गराएका थिए ।
उनी शुक्रबार नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका छन् । विष्ट मेडिकल वार्डको १३३ नम्बर क्याबिनमा उपचाररत छन् । उनलाई उच्च ज्वरो आएको छ ।









प्रतिक्रिया दिनुहोस्