बर्दिया ।
बारबर्दिया नगरपालिका-११ विजयनगरमा बुधबार राति छोराको हत्या गरी बाबु फरार भएका छन् । करिब ४५ वर्षीय लौरंगलाल थारुले मदिरा सेवन गरी २० वर्षीय छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी हत्या गरेका छन् ।
पेटमा गम्भीर चोट लागेका विवेकको उपचारका लागि गुलरिया ल्याउँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दिया मुद्दा फाँटका प्रहरी निरीक्षक हृदेशकुमार सापकोटाले बताए । सामान्य विवादपछि आवेशमा आएर बाबुले छोरालाई कुटपिट गरेका हुन् ।
प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्