नेपालगन्जमा दसैं लक्षित बजाज एक्सचेञ्ज मेला



बाँके । 

बाँकेको नेपालगन्जमा दसैंलाई लक्षित गरेर बजाज एक्सचेन्ज मेला सुरु भएको छ । बजाज मोटरसाइकलको नेपालगन्जका लागि आधिकारिक बिक्रेता पानस मोटर्समा बजाज एक्सचेञ्ज मेला सुरु भएको हो । मेलामा बजाजका मोटरसाइकल खरिदमा विभिन्न सुविधाहरु दिइएको छ ।

पानस मोटर्सका सञ्चालक ज्ञानेन्द्र खनालले हिन्दुहरुको महान् पर्व दसैंलाई ध्यानमा राखेर बजाज एक्सचेञ्ज मेला गरिएको जानकारी दिए । ‘बाँके बर्दियाका विभिन्न क्षेत्रमा प्रचारप्रसार गरेर मेला सञ्चालन गरेका हौं,’ उनले भने, ‘बजाजका मोटरसाइकल धेरैजनाले मन पराइदिनुभएको छ । असोज १ गतेसम्म मेला जारी हुनेछ ।’

एक्सचेञ्ज मेलामा कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल दिएर नयाँ मोटरसाइकल खरिद गरेमा बजार मूल्यभन्दा थप रकम दिइनेछ । बजार मूल्यभन्दा सात हजार रकम पुरानो मोटरसाइकललाई दिइने पानस मोटर्सले जनाएको छ । ग्राहकहरुले २० प्रतिशत रकम दिएमात्र पनि बजाजका कुनै पनि मोटरसाइकल लिन सक्नेछन् ।

‘शोरुममा आएर कुनै पनि बजाज मोटरसाइकल २० प्रतिशत रकम दिएमात्रै पनि चढेर ग्राहकहरु घर जान सक्नुहुनेछ,’ सञ्चालक खनालले भने, ‘बजाजका कुनै पनि मोटरसाइकल चढ्न खोज्ने ग्राहकको सुविधालाई ध्यान राखेर यस्तो अफर ल्याएका हौं ।’

फाइनान्सको सुविधा समेत पानस मोटर्सले आफैं दिनेछ । क्यास छुट सात हजार, हेल्मेटलगायतका अन्य सामानहरु निःशूल्करुपमा मोटरसाइकलको खरिदमा उपलब्ध रहेको पानस मोटर्सले जनाएको छ । कारकाँदोमा रहेको शोरुममा आएर बजाज कम्पनीका मोटरसाइकल खरिद गर्न सबैलाई पानस मोटर्सले आग्रह गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज १० गते सोमबार