नेपालगन्ज ।
सृजना कला साहित्य प्रतिष्ठान नेपालगन्जले दुईजना स्रष्टाहरुलाई पुरस्कृत गरेको छ भने एक जनालाई सम्मान गरेको छ ।
प्रतिष्ठानका महासचिव जितबहादुर शाहले आफ्नी आमाको नाममा स्थापना गरेको पशुपति शाह स्मृति साहित्य पुरस्कारबाट कवि नविन अभिलाषी र लघु कथाकार छवीलाल खड्कालाई पुरस्कृत गरिएको हो ।
१० हजार रुपैयाँ राशीको उक्त पुरस्कार दुई जनालाई संयुक्तरुपमा प्रदान गरिएको थियो । यसैगरी लेखक नरेन्द्रजंग पिटरलाई पनि प्रतिष्ठानले सम्मान गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष शशीराम कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गणेशा कार्कीको निबन्ध कृति ‘आसु किन झर्छ’को विमोचन पनि गरिएको थियो । वरिष्ठ कथाकार सनत रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्रष्टाहरुले रचनावाचन पनि गरेका थिए ।
प्रकाशित मिति : २०७९ असोज १० गते सोमबार
प्रतिक्रिया दिनुहोस्