बाँके ।
चार्जमा राखेको अटोरिक्सा निकाल्न खोज्दा खजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका– ३ का देवप्रसाद भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।
शनिबार ५७ वर्षीय भुसाललाई घरमै चार्जमा राखेको अटोरिक्सा निकाल्न खोज्दा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनीलाई आफन्तले अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
केही दिनअघि मात्र भुसालका छिमेकीको समेत करेन्ट लागेर मृत्यु भएको थियो । केही दिनको फरकमा करेन्ट लागेर दुई जनाले ज्यान गुमाएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।
प्रकाशित मिति : २०७९ असोज ९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्