साल काठ कटान तथा मुछान मुद्दामा कैद सजाय तोकिएका थारु पक्राउ



बाँके ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले अदालतले कैद सजाय तोकेका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । साल काठ अनियमित कटान तथा मुछान ओसारपसार मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–११ का रतिराम थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनीलाई बर्दिया जिल्ला अदालत गुलरियाले २०७० जेठ २७ गते साल काठ अनियमित कटान तथा मुछान ओसारपसार मुद्दामा ५ महिमा ५ दिन कैद सजाय तोकेको थियो ।

उनीलाई प्रहरी चौकी कर्तनियाबाट खटिएको प्रहरी टोलीले घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो । थारुलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय गुलरियामा बुझाइएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ९ गते आइतबार