भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गरेर भारतलाई मुस्लिम देश बनाउने योजना बनेको खुलासा भएको छ । पपुलर फन्ड अफ इन्डिया (पीएफआई) नामक संगठनले तालिम शिविर नै सञ्चालन गरेर मोदीको हत्या योजना बनाएको खुलासा भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार गत १२ जुलाइका दिन मोदीको पटना यात्राका क्रममा हत्या गर्ने योजना बनेको थियो । केरलबाट पक्राउ परे पीएफआईका सदस्य शफीक पेयथले मोदीको हत्या योजना बनेको बयान दिएका छन् ।
भारतको प्रवर्तन निर्देशनालय (ईडी) का अनुसार उत्तर प्रदेशका संवेदनशील क्षेत्रमा पनि खतरनाक हतियारले आक्रमण गर्ने योजना बनाइएको थियो । तर त्यसअघि नै पीएफआईका केही व्यक्तिहरू पक्राउ परेपछि योजना सफल भएन ।
पक्राउ परेका आरोपीसँगै बरामद गरिएका दस्तावेजमा भारतलाई मुस्लिम देश बनाउन मोदीको हत्या गर्नुपर्ने उल्लेख गरिएको जनाइएको छ । यसअघि न् २०१३ अक्टुबरमा पटनाको गान्धी मैदानमा चुनावी अभियानका क्रममा मोदीमाथि हमला भएको थियो ।
प्रतिक्रिया दिनुहोस्