जमुनाहमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष



नेपालगन्ज ।

नेपाल–भारत सीमा नाका जमुनाहमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्वका बेला भारतबाट फर्किने नेपालीलाई सुरक्षितरुपमा गन्तव्यसम्म पु¥याउन नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज बरिष्ठ प्रहरी नायब निरीक्षक (बरिष्ठ सई) माधवप्रसाद रिजालका अनुसार नागरिक सहायता कक्षमार्फत सचेतना जगाउने र समस्यामा परेका नेपालीलाई गन्तव्यसम्म पु¥याउन सहयोग गरिने छ ।

जमुनाहमा मात्रै नभइ नेपालगन्ज र कोहलपुर बसपार्कलगायत आउजाउ हुने ठाउँमा समेत नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको बाँके प्रहरीले जनाएको छ ।

सहायता कक्ष सञ्चालन भएसँगै आउजाउ गर्ने नागरिकलाई सहज हुने अपेक्षा राखिएको ईलाका प्रहरी कार्यालय जमुनाहाका असइ कुलबहादुर विश्वकर्माले जनाए ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ८ गते शनिबार