बाँके ।
निर्वाचन आयोगले बाँकेका तीन निर्वाचन क्षेत्रसहित देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
बाँके क्षेत्र नम्बर १ को लागि सर्वोच्च अदालतका इजलास अधिकृत यामप्रसाद बाँस्कोटालाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ । बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश धनसिंह महरालाई क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारीलाई क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगको सूचनामा उल्लेख छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन उनीहरुलाई मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त गरिएको हो । आयोगले नियुक्त भएका अधिकृतहरूलाई असोज १२ र १३ गते निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम राखेको छ ।
अभिमुखीकरण कार्यक्रमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्तिपत्र प्रदान गरिने आयोगले जनाएको छ । प्रत्यक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयम दर्ताको कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्