‘बैंक नाफामुुखी बन्दा उद्योग पलायन’



बैंकले गैरकानुनी निक्षेपलाई रेमिट्यान्स निक्षेपको रुपमा लिँदै आएका र यसले गैरकानुनी क्रियाकलापलाई प्रोत्साहन गर्ने र अर्थतन्त्रमै असर गर्ने विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ । यसैगरी बैंक नाफामुखी बन्दा उद्योग कलकारखाना पलायन हुने अवस्थामा रहेका पनि अवगत गराइएको छ ।

नेपालगन्ज ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ जिल्ला कार्यसमिति बाँकेले वर्तमान आर्थिक संकटका सम्बन्धमा नेपाल राष्ट्र बैंकलाई धारणा र सुझावसहितको ज्ञापनपत्र बुझाएको छ । महासंघका जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र सचिव भीमबहादुर रानाभाटले हस्ताक्षर गरेको विज्ञप्तिमा राष्ट्र बैंकको निर्देशनानुसार निक्षेपमा १५.०३ प्रतिशत ब्याज बैंकले लिन थालेको उल्लेख छ ।

यसले कर्जामा ब्याज पनि बढ्ने अन्ततः उत्पादन लागत बढे धारणा विज्ञप्तिमा उल्लेख गरिएको छ । बैंकले गैरकानुनी निक्षेपलाई रेमिट्यान्स निक्षेपको रुपमा लिँदै आएका र यसले गैरकानुनी क्रियाकलापलाई प्रोत्साहन गर्ने र अर्थतन्त्रमै असर गर्ने विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ । यसैगरी बैंक नाफामुखी बन्दा उद्योग कलकारखाना पलायन हुने अवस्थामा रहेका पनि अवगत गराइएको छ ।

उद्योग कलकारखाना बन्द हुने अवस्थामा पुग्दा बैंकले भने नाफासहितको वित्तीय विवरण सार्वजनिक गरिरहेका भन्दै विज्ञप्तिमा उद्योग कलकारखाना ढल्का बैंक पनि संकटमा पर्ने चेतावनी दिइएको छ । राष्ट्र बैंकको नेपालगन्ज कार्यालयका निर्देशकमार्फत बुझाइएको विज्ञप्तीमा अहिले देखिएका समस्याका सम्बन्धमा विभिन्न पाँच बुँदामा सुझाव पनि दिइएको छ ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहीबार