बाँके ।
नेपालमा दुई पाङ्ग्रे सवारीमा ख्याती कमाएको टिभीएसले नेपालगन्जमा पहिलोपटक टिभीएस ग्रान्ड मेला गरेको छ । नेपाली चाडपर्वलाई लक्षित गरेर पहिलोपटक नेपालगन्जमा सोमबार टिभीएस ग्रान्ड मेला आयोजना गरिएको हो । रामलिला मैदानमा आयोजित मेलाको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना)ले उद्घाटन गरेका थिए ।
यसअघि रामलिला मैदानमा भदौ ३१ गते मेला गर्ने तयारी गरिएपनि मौसमका स्थगित भएको थियो । सो बेला स्थगित गरिएको मेला सोमबार भव्यताका साथ नेपालगन्जमा गरिएको हो । नेपालका लागि टिभीएस मोटर्सको आयातकर्ता जगदम्बा मोटर्स र नेपालगन्जका लागि बिक्रेता ग्रेस एण्ड ग्लोबलले मेलाको आयोजना गरेका हुन् ।
नेपालीहरुका महान् पर्व दसैं, तिहारलगायतको अवसर पारेर टिभीएस ग्रान्ड मेलाको आयोजना गरिएको जगदम्बा मोटर्सका भेरी क्षेत्रका रिजनल अफिसर प्रकाश श्रेष्ठले मिसन टुडेलाई बताए ।
‘मौसमका कारण केही दिन ढिला गरेर मेलाको आयोजना गरिएपनि मानिसहरुको राम्रो उपस्थिती रह्यो’ उनले भने, ‘यहाँको जनसंख्यालाई ध्यानमा राखेर मेलाको आयोजना गरेका थियौं । मानिसहरुको सहभागिताले त्यसलाई पुष्टि गरेको छ ।’
मेलामा टिभीएसका विभिन्न ब्राण्डका मोटरसाइकलबारे सोधपुछ गर्नेमा युवाहरुको संख्या धेरै रहेको रिजनल अफिसर श्रेष्ठले बताए । ‘दसै तिहार लगायतका चाडपर्वका अवसरमा कम्पनीले विभिन्न सुविधाहरु प्रदान गरेको छ’ उनले भने, ‘त्यसैले पनि होला मानिसहरुको टिभीएसका मोटरसाइकल र स्कुटरमा आकर्षण देखिएको छ ।’
नेपालगन्जका लागि टिभीएस मोटर्सको आधिकारिक बिक्रेता ग्रेस एण्ड ग्लोबलका सञ्चालक महादेव सिंहले मेलासहित चाडपर्व अवधिभर कम्पनीका कुनै पनि मोटरसाइकल र स्कुटर खरिद गर्दा अफर नै अफर दिइएको बताए ।
उनका अनुसार कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल तथा स्कुटर ल्याएर एक्सजेञ्ज गर्दा बजार मूल्यांकनभन्दा थप रकम दिइनेछ ।
‘टिभीएसका कुनै पनि मोटरसाइकल र स्कुटर खरिदमा एक्सजेञ्ज गर्दा बजार मूल्याकंनभन्दा थप सात हजार बढी भ्यालुलेसन गरिनेछ,’ सञ्चालक सिंहले भने, ‘नगद खरिदमा ग्राहकहरुले विभिन्न स्कीम पाउन सक्नुहुनेछ ।’
जगदम्बा मोटर्सले सार्वजनिक गरेको ‘कायापलट’ विशेष योजनाअन्तर्गत ग्राहकले टिभीएसका मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । मेलामा समेत योजनाअन्तर्गत टिभीएसका मोटरसाइकल र स्कुटर नकिन्दै एक लाख र खरिद गरेपछि दश लाखसम्म जित्न सक्नेछन् ।
योजनाअन्तर्गत दैनिक मोटरसाइकल र स्कुटरको बारे सोधपुछ गर्ने एक विजेतालाई एक थान स्मार्टफोन प्रदान गरिने जगदम्बा मोटर्सले जनाएको छ । हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता र एक जनालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार दिइनेछ ।
चाडपर्व लक्षित योजनामा बबाल फाइनान्स अफर पनिसमावेश गरिएको छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा मासिक चार हजार दुई सय ईएमआइमा मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ । ग्राहकलाई हेलमेट, लेगगार्ड, बडि कभर तथा रेनकोट प्रदान गरिने ग्रेस एण्ड ग्लोबलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्