बाँकेमा मनाइयो संविधान दिवस



बाँके ।

बाँकेमा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । सोमबार वृक्षारोपण, सरसफाइलगायत सचेतनामूलक कार्यक्रम गरी संविधान दिवस मनाइएको हो । उक्त अवसरमा कोहलपुर नगरपालिकाको आयोजनामा कोहलपुर–नेपालगन्ज सडकको न्यूरोड क्षेत्रमा सरसफाइ गरिएको छ । सोमबार बिहान जनप्रतिनिधि कर्मचारी र सर्वसाधारणले सरसफाइ गरेका थिए ।

कार्यक्रम कोहलपुर नगरपालिकाबाट सुरु भएर न्यूरोड हुँदै साँझाचोकसम्म ¥याली, सरसफाइ हुँदै कोणसभामा परिणत भएको थियो । उक्त अवसरमा जनचेतनामूलक प्रचारप्रससार सामग्रीसमेत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

बृहत् सरसफाइपछि आयोजित कोणसभामा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले असोज ३ गते नेपाली जनताले संविधान घोषणा गरेको दिनका रुपमा महŒवपूर्ण रहेको बताए । उनका अनुसार संविधानको मर्म र भावनाअनुसार नै देशमा तीन तहका सरकार सञ्चालनमा छन् । जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकार सधै जनताको पक्षमा रहेको उनको भनाइ छ ।

कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले संविधानले महिलाहरुलाई ३३ प्रतिशत अधिकारको सुनिश्चितता गरेको बताइन् । उनका अनुसार संविधानको पूर्ण पालना र रक्षा गर्नु सबैको दायित्व हो । सोहीअनुसार नगरपालिकाले दिवसको अवसर पारेर सरसफाइ कार्यक्रम आयोजना गरेको उनले बताइन् ।

यस्तै कोहलपुर ११ स्थित बालज्योति माध्यमिक विद्यालयमा रहेको ग्रीन क्लबको आयोजनामा संविधान दिवस २०७९ को अवसरमा बृहत् सरसफाइ तथा डेंगु रोग सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न जनचेतनामूलक नारा लेखिएका प्लेकार्डसहित बजार परिक्रममा गरेका थिए । बृहत् ¥यालीपश्चात बजार क्षेत्र सरसफाइ गरिएको विद्यालय प्रिन्सिपल दामोदर पौडेलले बताए । उनका अनुसार विद्यालयको आयोजना संविधान दिवसको अवसर पारेर सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो ।

‘विद्यार्थीले डेंगुको विषयमा सचेतना प्रदान गरेका छन् । सरसफाइसमेत गरेका छौँ । डेंगुबाट बच्न सम्पूर्णलाई अनुरोध गर्न चाहन्छुँ,’ उनले भने ।
यता नरैनापुर गाउँपालिकाले अन्तरक्रिया, सरसफाइ तथा वृक्षारोपण गरेर संविधान दिवस मनाएको छ । संविधान दिवस हर्षोल्लासका साथ मनाउने क्रममा गाउँपालिकाले अन्तरक्रिया, सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरेको हो ।

सोमबार दिवसको अवसरमा नरैनापुर बजार क्षेत्रमा सरसफाइ गरिनुका साथै गाउँपालिकाको निर्माणाधीन कार्यालय परिसरमा वृक्षारोपणसमेत गरिएको थियो । गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले मुलुकमा गणतन्त्र जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोही आन्दोलनको बलमा प्राप्त व्यवस्थामार्फत गठित संविधानसभाले नेपालको संविधान २०७२ जारी भएको बताए ।

‘मौलिक हकका महŒवपूर्ण कानुनहरु बन्दैछन्, परिस्थिति पहिलेभन्दा परिवर्तन भएको छ त्यो भएर सबैजना मिलेर अगाडि बढ्न जरुरी छ,’ उनले भने । अध्यक्ष शाहले स्थानीय सरकारको नेतृत्व गरेको हैसियतले नागरिकको मौलिक हक कार्यान्वयन गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो यस्तै अरु स्थानीय तहले पनि विभिन्न कार्यक्रम गरेका छन् । संविधान दिवसको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदासमेत दिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ४ गते मंगलबार