आज नेपालगन्जमा टिभिएस ग्रान्ड मेला



नेपालगन्ज ।

नेपाली चाडपर्वलाई लक्षित गरेर नेपालगन्जमा आज टिभिएस ग्रान्ड मेला आयोजना गरिदैंछ । रामलिला मैदानमामा नेपालका लागि टिभिएस मोटर्सको आयातकर्ता जगदम्बा मोटर्स र नेपालगन्जका लागि बिक्रेता ग्रेस एण्ड ग्लोबलले मेलाको आयोजना हुन लागेको हो । यसअघि मेला भदौ ३१ गते गर्ने भनिएपनि मौसमका कारण स्थगित गरिएको थियो ।

दसैं, तिहारलगायतको अवसर पारेर टिभिएस ग्रान्ड मेलाको आयोजना गरिन लागेको जगदम्बा मोटर्सका भेरी क्षेत्रका रिजनल अफिसर प्रकाश श्रेष्ठले जानकारी दिए । ‘भदौ ३१ गते मौसमका कारण स्थगित भएको टिभिएसले ग्रान्ड मेला सोमबार हुन गइरहेको हो ।

यहाँको जनसंख्यालाई ध्यानमा राखेर मेलाको आयोजना गरेका हौं,’ उनले भने, ‘मेलामा टिभिएसका स्कुटर तथा मोटरसाइकल खरिद गरेमा विभिन्न सुविधा दिइनेछ ।’ मेलामा विभिन्न अफरसमेत दिइएको नेपालगन्जका लागि टिभिएस मोटर्सको आधिकारिक बिक्रेता ग्रेस एण्ड ग्लोबलका सञ्चालक महादेव सिंहले जानकारी दिए ।

‘टिभिएसका कुनै पनि मोटरसाइकल र स्कुटर खरिदमा एक्सजेञ्ज गर्दा बजार मूल्याकंनभन्दा थप सात हजार बढी भ्यालुलेसन गरिनेछ,’ उनले भने, ‘नगद खरिदमा ग्राहकहरुले विभिन्न स्कीम पाउन सक्नुहुनेछ ।’ जगदम्बा मोटर्सले सार्वजनिक गरेको ‘कायापलट’ विशेष योजनाअन्तर्गत ग्राहकले टिभिएसका मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ३ गते सोमबार