बाँके ।
बजाज कम्पनीको पल्सर एनएस १२५ सिसीको नयाँ मोडलको स्र्पोटस् मोटरसाइकलको नेपालगन्जमा लञ्च गरिएको छ । बजाज मोटरसाइकलको नेपालगन्जका लागि आधिकारिक विक्रेता पानस मोटर्सले पल्सर एनएस १२५ मोटरसाइकल नेपालगन्जमा ल्याएको हो ।
आइतबार नेपालगन्ज आयोजित एक भव्य सांगीतिक कार्यक्रममार्फत पल्सर एनएस १२५ सार्वजनिक गरिएको थियो ।
बागेश्वरी मन्दिर पूर्वको खाली स्थानमा प्रसिद्ध गायक प्रमोद खरेल, हास्यकलाकार सुमन कार्की, गायिका टीका प्रसाईलगायतका कलाकारहरुको प्रस्तुतिका साथ मोटरसाइकल सार्वजनिक गरिएको हो । पल्सर एनएस १२५ मोटरसाइकल दसैंको अवसर पारेर नेपालगन्जमा समेत सार्वजनिक गरिएसँगै बिक्री वितरण सुरु भएको पानस मोटर्सका सञ्चालक ज्ञानेन्द्र खनालले बताए ।
‘देशभरका शोरुममा बजाजको नयाँ मोडेलको उक्त मोटरसाइकल बिक्रीवितरण सुरु भएजस्तै नेपालगन्जमा समेत सुरु भएको छ’ उनले भने, ‘मोटरसाइकलको बजार मूल्य दुई लाख ७९ हजार नौ सय रहेको छ भने चार कलरमा बाइक शोरुममा उपलब्ध छ ।’ पछिल्लो समय ग्राहाकको क्रयशक्ति घटेको कुरालाई मध्यनजर गर्दै सुलभ मूल्यमा आकर्षक लुक भएको मोटरसाइकलले कम्पनीले बजारमा पठाएको सञ्चालक खनालले दाबी गरे ।
६० प्लसको माइलेज दिनुका साथै प्रयोगकर्तालाई नयाँ जोस र नयाँ अनुभूति प्रदान गर्ने बारे खनालले भने, ‘अहिले देशको आर्थिक स्थिति नाजुक हुँदै गइरहेको छ र अर्कोतिर इधनको मूल्य पनि उकालो लाग्दै गइरहेको हुनले बजारलाई मध्यनजर गर्दै १२५ सिसीको उक्त मोटरसाइकल हामीले बजारमा ल्याएका छौँ ।’
पल्सर एन सिरिजका अन्य मोटरसाइकलमा जस्तै लुक्स तथा डिजाइन समेत स्ट्रिट फाइटर प्रेरित रहेको छ । यो नयाँ मोटरसाइकलमा कम्पनीले १२४.४५ सिसीको विएस ६ इन्जिन जडान गरेको छ । किक र सेल्फ दुवै तरिकाले स्टार्ट गर्न मिल्ने सुविधा दिइएको प्राप्ति इन्टरनेशलनका सञ्चालक न्यौपानेले बताए । यसको अधिकतम पावर १२ पिएस र टर्क ११ एनएम रहेको छ ।
यसमा ५ स्पिड गियरवक्स दिइएको छ भने उच्चतम गती ११८ किलोमिटर प्रतिघन्टा रहेको छ । मूल्य कम गर्न बजाजले एनएस सिरजका अन्य मोटरसाइलमा जस्तो यसमा धेरै फिचर्स भने उपलब्ध गराएको छैन ।
पानस मोटर्संले दसैंलाई लक्षित गरेर जुनसुकै मोटरसाइकल खरिदमा सात हजार छुट, ५० प्रतिशत डाउन पेमेन्टमा सस्तो ब्याजदरमा फाइनान्सिङको सुविधा दिने अफर पनि ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्