बाँके ।
नेपालगन्जमा सञ्चालित दुई औषधि पसलमा चोरी भएको छ ।
गणेशमान चोकमा रहेका गणेशमान चोक ड्रग स्टोर र सागर क्लिनिकमा चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले दुई पसलबाट करिब चार लाख रुपैयाँ चोरी भएको खबर आएको बताए । ‘गणेशमान चोकमा रहेका दुई पसलमा चोरी भएको भन्ने खबर आएको छ ।
सञ्चालकले करिब चार लाख रुपैयाँ चोरी भएको भनेर भन्नुभएको छ,’ उनले भने, ‘राति एक बजेको समयमा सटर फोडेर चोरी गरेको देखिन्छ । हामीले संग्लनहरुको खोजी तिव्र पारेका छौं ।’ गणेशमान चोक ड्रग स्टोरका सञ्चालक लोकनाथ पोख्रेलले आफ्नो पसलबाट तीन लाख ५० हजार चोरी भएको जानकारी दिए ।
सागर क्लिनिकमा ३५ हजार रुपैयाँ चोरी भएको बताइएको छ । चोरले औषधि भने नचलाएको पसलका सञ्चालकले दाबी गरेका छन् । चोरी भएको केही मिटरको दुरीमा प्रहरीले २४सैं घण्टा ड्युटी गर्ने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्