कोहलपुरमा बजाजको पल्सर एनएस १२५ मोटरसाइकल सार्वजनिक



बाँके ।

कोहलपुरमा बजाज पल्सर सिरिजको सबैभन्दा सानो मोटरसाइकल पल्सर एनएस १२५ सार्वजनिक गरिएको छ । बजाज मोटरसाइकलको कोहलपुरका लागि आधिकारिक बिक्रेता प्राप्ति इन्टरनेशलनमा पल्सर एनएस १२५ शनिबार सार्वजनिक गरिएको हो ।

भारतीय बजारमा एक वर्षअघि नै पल्सर एनएस १२५ सार्वजनिक गरिएको थियो । एक वर्षपछि पल्सर एनएस १२५ नेपालमा समेत बिक्री वितरणका लागि ल्याइएको हो ।

प्राप्ति इन्टरनेशलनका सञ्चालक पुष्पराज न्यौपानेले पल्सर एनएस १२५ शनिबारदेखि कोहलपुरमा समेत बिक्रीवितरण थालिएको जानकारी दिए । ‘बजाज पल्सर सिरिजको सबैभन्दा नयाँ पल्सर एनएस १२५ कोहलपुरमा समेत आइपुगेको छ,’ उनले भने, ‘शनिबार कोहलपुरमा यसको हामीले लञ्चसमेत गरिसकेका छौं ।’

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा पल्सर एनएस १२५ ल्याएको हो । पल्सर एनएस १२५ मोटरसाइकलको मूल्य २ लाख ८० हजार रुपैयाँ पर्ने हंसराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ । पल्सर एन सिरिजका अन्य मोटरसाइकलमा जस्तै लुक्स तथा डिजाइन समेत स्ट्रिट फाइटर प्रेरित रहेको छ ।

यो नयाँ मोटरसाइकलमा कम्पनीले १२४.४५ सिसीको विएस ६ इन्जिन जडान गरेको छ । किक र सेल्फ दुवै तरिकाले स्टार्ट गर्न मिल्ने सुविधा दिइएको प्राप्ति इन्टरनेशलनका सञ्चालक न्यौपानेले बताए । यसको अधिकतम पावर १२ पिएस र टर्क ११ एनएम रहेको छ । यसमा ५ स्पिड गियरवक्स दिइएको छ भने उच्चतम गती ११८ किलोमिटर प्रतिघन्टा रहेको छ ।

यो मोटरसाइकले प्रतिलिटर इन्धन खपतमा ६० किलोमिटर माथी माइलेज प्रदान गर्ने दाबी गरिएको छ । मोटरसाइकलको अगाडी चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक जडान गरिएको छ । एबिएस उपलब्ध नभए पनि यसमा कम्बाइन ब्रेकिङ सिस्टम भने दिइएको छ । स्पोर्टी स्प्लिट सिट दिइएको यो नयाँ मोटरसाइकलको सिट हाइट ८०५ एमएम तथा ग्राउन्ड क्लिरियन्स १७९ एमएम रहेको छ ।

स्लिक हेडल्याम्प र पल्सरको टे«डमार्क हेडलाइटले वाइकलाई थप स्पोर्टी देखाउन मद्दत गरेको छ । यसमा ट्विन पाइलट ल्याम्पसहित हेलोजन हेडल्याम्प र एलइडी टेल ल्याम्प दिइएको छ । मोटरसाइकलमा एनालग डिजिटल क्लस्टर जडान गरिएको छ । मूल्य कम गर्न बजाजले एनएस सिरजका अन्य मोटरसाइलमा जस्तो यसमा धेरै फिचर्स भने उपलब्ध गराएको छैन ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतबार