वक्तृत्वकलामा ग्रीनपिस स्कूल प्रथम



कोहलपुर ।

कोहलपुर हार्डवेयर संघ बाँकेद्वारा आयोजित ‘कोहलपुर नगरको बृहत्तर विकासमा व्यवसायीहरुको भूमिका’ विषयक नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्रीनपिस स्कुलकी जानवी पौडेल प्रथम स्थान हासिल गर्न सफल भएकी छन् ।

५८औँ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितामा बालविद्या स्कुलकी सुवेक्षा केसी द्वितीय स्थान हासिल गर्न सफल भएको कार्यक्रम संयोजक भरत पनेरुले बताए ।

उनका अनुसार प्रतियोगितामा जीवनज्योति स्कुलकी श्रृष्टि गौतम तृतीय र गोरखा युनाइटेड पब्लिक स्कुलका अनमोल शाही सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयका छात्रछात्राहरुले क्रमशः दश हजार, सात हजार पाँच सय, पाँच हजार र दुई हजार पाँच सय रुपैयाँ नगदसहित प्रमाणपत्र र ट्रफीसमेत प्राप्त गरेको पनेरुले बताए ।

प्रतियोगितामा कोहलपुर क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत २५ विद्यालय ४४ विद्यार्थी सहभागी थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ३० गते बिहीबार