बाँके ।
नेकपा (एमाले) बाँकेले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट संघ र प्रदेश सदस्यका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेश र क्षेत्रीय समितिबाट सिफारिस भएर आएका नामलाई एमाले बाँकेले प्रदेशमा सिफारिस गरेको हो ।
निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय सांसदको उम्मेदवारका लागि सूर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा, बलराम भट्टराई र कृष्णकुमारी चालिसेको नाम सिफारिस भएको छ ।
त्यस्तै प्रदेश सदस्य उम्मेदवारका लागि निर्वाचन क्षेत्र नम्बर १ (क) का लागि परशुराम थारु, रामकुमार दीक्षित, तीर्थ डाँगी, विक्रम यादव, सोहनलाल यादव र खुमा डाँगीको नाम सिफारिस गरिएको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिए ।
(ख) बाट दुर्गाप्रसाद थारु, नरेन्द्र शर्मा, गोपाल गिरी, सूर्य रोकाय, कुश्माखर बस्याल, अनिता पौडेल, बिजुला अधिकारी र बिष्णु बेल्वासेको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय सांसदको उम्मेदवारको लागि मोहम्मद हारुन हल्वाई, रवीन्द्र लम्साल, अक्रम अंसारी, शिव डोटेल, रचना श्रेष्ठ, सरस्वती शर्मा र पार्वती बोहोरा गुरुङका नाम सिफारिस भएको छ ।
त्यस्तै प्रदेश सदस्यका लागि २ (क) का लागि विजयबहादुर यादव, राजेन्द्र कँडेल र विष्णु भण्डारी र २ (ख) बाट निरक गुरुङ, हलिम शाह, मनोज बर्मा, कृष्णप्रसाद श्रेष्ठ, मीना ढकाल, कैलाश यादव, दत्तप्रसाद आचार्य र मोहम्मद हकिम हल्वाईको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय सांसदमा किस्मतकुमार कक्षपति, रत्न खत्री र कृष्णी सार्कीको नाम सिफारिस भएको नेकपा एमाले बाँकेले जनाएको छ । त्यस्तै, प्रदेश सदस्य ३ (क) बाट चन्द्रबहादुर चौधरी, अब्दुल करिम खाँ, ईमान सिंह ठकुरी, प्रेमप्रसाद सुवेदी, मानबहादुर रुचाल र कञ्चन गौतम र ३ (ख) बाट पदम धिताल, डिल्ली विसी, भीम ओली र मीरा खनालको नाम सिफारिस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्