नेपालगन्जमा टिभिएसको ग्रान्ड मेला, यस्ता छन् चाडपर्व अफर



जगदम्बा मोटर्सले सार्वजनिक गरेको ‘कायापलट’ विशेष योजनाअन्तर्गत ग्राहकले टिभिएसका मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने छन् । मेलामा समेत योजनाअन्तर्गत टिभिएसका मोटरसाइकल र स्कुटर नकिन्दै एक लाख र खरिद गरेपछि दश लाखसम्म जित्न सक्नेछन् । योजनाअन्तर्गत दैनिक मोटरसाइकल र स्कुटरको बारे सोधपुछ गर्ने एक विजेतालाई एक थान स्मार्टफोन प्रदान गरिने जगदम्बा मोटर्सले जनाएको छ ।

बाँके ।

नेपाली चाडपर्वलाई लक्षित गरेर नेपालगन्जमा टिभिएस ग्रान्ड मेला आयोजना गरिने भएको छ । भोलि नेपालगन्जस्थित रामलिला मैदानमा टिभिएस ग्रान्ड मेला आयोजना गरिन लागेको हो । नेपालका लागि टिभिएस मोटर्सको आयातकर्ता जगदम्बा मोटर्स र नेपालगन्जका लागि बिक्रेता ग्रेस एण्ड ग्लोबलले मेलाको आयोजना गर्न लागेका हुन् ।

नेपालीहरुका महान् पर्व दसैं, तिहारलगायतको अवसर पारेर टिभिएस ग्रान्ड मेलाको आयोजना गरिन लागेको जगदम्बा मोटर्सका भेरी क्षेत्रका रिजनल अफिसर प्रकाश श्रेष्ठले जानकारी दिए । ‘नेपालगन्जमा पहिलोपटक टिभिएसले ग्रान्ड मेला आयोजना गर्दैछ । यहाँको जनसंख्यालाई ध्यानमा राखेर मेलाको आयोजना गरेका हौं,’ उनले भने, ‘मेलामा टिभिएसका स्कुटर तथा मोटरसाइकल खरिद गरेमा विभिन्न सुविधा दिइनेछ ।’

टिभिएस ग्रान्ड मेलाको तयारी तिव्र पारिएको नेपालगन्जका लागि टिभिएस मोटर्सको आधिकारिक बिक्रेता ग्रेस एण्ड ग्लोबलले जनाएको छ । मेलामा विभिन्न अफरसमेत दिइएको ग्रेस एण्ड ग्लोबलका सञ्चालक महादेव सिंहले जानकारी दिए । कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल तथा स्कुटर ल्याएर एक्सजेञ्ज गर्दा बजार मूल्यांकनभन्दा थप रकम दिइनेछ ।

‘टिभिएसका कुनै पनि मोटरसाइकल र स्कुटर खरिदमा एक्सजेञ्ज गर्दा बजार मूल्याकंनभन्दा थप सात हजार बढी भ्यालुलेसन गरिनेछ,’ उनले भने, ‘नगद खरिदमा ग्राहकहरुले विभिन्न स्कीम पाउन सक्नुहुनेछ ।’ जगदम्बा मोटर्सले सार्वजनिक गरेको ‘कायापलट’ विशेष योजनाअन्तर्गत ग्राहकले टिभिएसका मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । मेलामा समेत योजनाअन्तर्गत टिभिएसका मोटरसाइकल र स्कुटर नकिन्दै एक लाख र खरिद गरेपछि दश लाखसम्म जित्न सक्नेछन् ।

योजनाअन्तर्गत दैनिक मोटरसाइकल र स्कुटरको बारे सोधपुछ गर्ने एक विजेतालाई एक थान स्मार्टफोन प्रदान गरिने जगदम्बा मोटर्सले जनाएको छ । हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता र एक जनालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार दिइनेछ । चाडपर्व लक्षित योजनामा बबाल फाइनान्स अफर पनि समावेश गरिएको छ ।

जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा मासिक चार हजार दुई सय ईएमआइमा मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ । ग्राहकलाई हेलमेट, लेगगार्ड, बडि कभर तथा रेनकोट प्रदान गरिने ग्रेस एण्ड ग्लोबलले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भदौ ३० गते बिहीबार