बर्दियाको गुलरियामा चितुवाको आक्रमणबाट बालक घाइते



बाँके ।

बर्दिया सदरमुकाम गुलरिया नगरपालिका—८ जय बागेश्वरी टोलमा घरमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा २० महिने बालक घाइते भएका छन् । सीमावर्ती भारतको कतरनिया वन्यजन्तु आरक्षबाट आएको चितुवाले उनलाई आक्रमण गरेको हो ।

डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी एवम् सहायक वन अधिकृत द्रोण शर्माले भेरीगंगा नगरपालिका–१३ जाजरकोट घर भई माइत आएकी रेजिना ओलीका छोरा विक्रम शाहीलाई चितुवाले आक्रमण गरेको जानकारी दिए ।

सोमबार बेलुकी साढे ७ बजे झम्टिन लाग्दा स्थानीयले हो–हल्ला गरेपछि चितुवाले भागेको स्थानीयले बताएका छन् । चितुवाबाट आक्रमणमा सामान्य घाइते भएका शाहीको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २९ गते बुधबार