माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई कोरोना पुष्टि



काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण भएको छ । आइतबार बिहान पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पुन पत्नीसमेत रहेकी माओवादी नेता ओनसरी घर्तीले जानकारी दिइन् ।

पुनको स्वास्थ्यमा उतारजढाव आएपछि शनिबार मात्रै पुनले घरमै चिकित्सकलाई बोलाएर एन्टिजेन परिक्षण गराउदाँ पोजेटिभ देखिएपछि आइतबार पीसीआर परिक्षण गर्दा पनि पोजेटिभ देखिएको हो । पुनले अहिले चिकित्सकको निगरानीमा आफ्नै निवासमा आराम गरिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २६ गते आइतबार