ढकेरीमा बस र मोटरसाइकल ठोक्किदा भवानीयापुरका लयनको मृत्यु



बाँके ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । झिझिरीको पुलमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राप्तीसोनारी–३ भवानीयापुरका खड्कविक्रम श्रेष्ठ (लयन) रहेको स्थानीय प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको भे१ख १९२५ नम्बरको बस विपरीत दिशाबाट आइरहेको भे७प ५४५० नम्बरको मोटरसाइकल पुलमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा नेपालगन्ज नर्सिङ होममा मृत्यु भएको थियो । मोटरसाइकलमा सवार राप्तीसोनारी–५ की २७ वर्षीया सावित्रा थारु सामान्य घाइते भएकी छिन् ।

बस र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिइसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २५ गते शनिबार