जगदम्बा मोटर्सको चाडपर्व लक्षित ‘कायापलट’ विशेष योजना



बाँके ।

नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ विशेष योजना सार्वजनिक गरेको छ । योजना सोमबारबाट नै देशभर नै सीमित अवधिका लागि लागु भइसकेको जगदम्बा मोटर्सले जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकले टिभिएसका मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । विशेष गरी दसै, तिहार, छठलगायतका चाडपर्वलाई ध्यान राखेर ‘कायापलट’ विशेष योजना ल्याइएको हो । योजनाअन्तर्गत टिभिएसका मोटरसाइकल र स्कुटर नकिन्दै एक लाख र खरिद गरेपछि दश लाखसम्म जित्न सक्नेछन् ।

सोमबार सार्वजनिक गरिएको ‘कायापलट’ विशेष योजना कोहलपुरमा रहेको पानस अटो मोटिभ्स र नेपालगन्जमा रहेको ग्रेस एण्ड ग्लोबल प्रालिमा समेत उपलब्ध हुने छ । पानस कोहलपुरका लागि टिभिएसको आधिकारिक बिक्रेता र ग्रेस नेपालगन्जका लागि आधिकारिक बिक्रेता हो ।

योजनाअन्तर्गत दैनिक मोटरसाइकल र स्कुटरको बारे सोधपुछ गर्ने एक विजेतालाई एक थान स्मार्टफोन प्रदान गरिने जगदम्बा मोटर्सले जनाएको छ । हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता र एक जनालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार दिइनेछ ।

चाडपर्व लक्षित योजनामा बबाल फाइनान्स अफर पनि समावेश गरिएको छ । जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा मासिक चार हजार दुई सय ईएमआइमा मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २१ गते मंगलबार